घुँयत्राे : मेमोरी किङ्गकै नाममा विदेशी समेतलाई तिरिमिरी झ्याईँ पारेका विजय शाहीलाई यो पटक भने धेरैले लखेट्याछन्
यसो गर्याे, उसो गर्याे । कुरा कर्नालीकै गर्नुपर्ने ! धेरै खाएसी त चिनी पनि तितो हुन्छ भन्छन् । त्यस्तै हुन लाछ मलाइ नी खालि कर्नालीका मात्र कुरा गर्दा । के गर्नु ? कर्नालीका मान्छेले नै लेख्ने विषय बनाई दिन्छन् त म के गरम ?
कर्नालीका नेता भष्टाचार मात्रै गरी हिँडछन् । तिनका विषयाँनी लेख्नैपर्याे । ह्याँका कर्मचारीको मुस्कान सहितको भष्टाचारको त झन् कुरै नगरम । भष्टाचार गर्नैका लागि कर्नाली रोजेर आ जस्तो गर्छन् । प्रदेश सरकारको काम गराई र मन्त्रीहरूको तौरतरिकाले त झन् कर्नालीको ढुकुटी रामधुलाई भाको कसरी हेर्नू ?
त्यसाँ नि चित्त बुझ्दैन लेख्यो । लेखेर मात्रै के गर्नु ? भष्टाचारी र गैरकानुनी काम गर्दै हिँड्नेहरु सच्चिए पो लेख्या सार । नत्र जति लेखे नी उस्तै हो । कर्नालीयाँ भष्टाचार हुन नदिन र तिनलाई कठघराँ लैजाने व्यबस्था मिलाउने अख्तियार त भष्टाचारी कामलाई हेर्याहेर्यै गरेर ठिङ्ग उभ्भीराछ भने अरुले कर्नालीका विषयाँ चिन्ता गरेर कल्ले टेर्छ र ?
कर्नालीका विकास निर्माणाँ जुट्या उपभोक्ता समितिदेखि कर्नालीका ठकुरी बाबूसाबहरु सरकारको ढुकुटी खान्याँ दरियाथे । तर योपटक त नामनामेसीसहित पत्रकार नि सरकारी रकम बाँडीचुँडी खान्याँ सरकारले नै सार्वजनिक गरेछि अब कर्नालीमा गैरभष्टाचारी कोही रहेनन् ।
कर्नालीका मान्छे जाँ जान्छन् त्यहीँ सिध्याउँछन् भन्ने खबर आईराबेलाँ कालिकोटकै मेमोरी किङ्गकै नाममा तहल्का मच्चाका विजय शाहीले यो चोटी कितावका पान्ना भित्रका अक्षर चबाएनन् कि बरु “तिमीहरुको मेमोरी जगाई दिन्छु “ भनेर १४० जनाबाट सात लाख उठाएर वेपत्ता भए भन्ने सम्चारले अहिले कर्नाली भाइरल भैराछ ।
कैले मेमोरी किङ्ग त कहिले मृत्युको समाचाराँ भाइरल हुने शाहीले जनता जनार्दनबाट मात्रै हैन कि कर्नाली सरकाराट २ लाख बजाई सकेछन् । दुनियालाई बाँडिरा बेलाँ मुख्यमन्त्री शाहीले आफन्तै शाहीलाई दिनु के अनौठो भो र ? दुनियाँले फोकटाँ खाईराबेलाँ मेमोरीकिङ्ग हुनु र कालिकोटबासी हुनुका नाताले त्यो जाबो २ लाख खानुलाई अन्यथा भन्न नी मिलेन हैन र ?
मेमोरी किङ्गकै नाममा विदेशी समेतलाई तिरिमिरी झ्याईँ पारेका विजय शाहीलाई यो पटक भने धेरैले लखेट्याछन् । हेरम यो पटक आफ्नो डिफेन्स कसरी लिन्छन् त्यो भने हेर्न बाँकी नै छ । जयहोस कर्नाली ।
-वेदर्षि




