अटो रिक्सालाई व्यवस्थित गर्दै प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन पाङ्ग्रे सवारी साधन (अटो रिक्सा) लाई व्यवस्थित रुपमा सञ्चालन गर्ने भएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशमा सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधनलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

तीन पाङ्ग्रे सवारी साधनलाई व्यवस्थित रुपमा सञ्चालनका लागि बैठकले भीमबहादुर कार्कीको संयोजकतत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

समितिमा याताया व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाई, जिल्ला प्रशासन कार्यालय सुर्खेतका श्रीसमशेर राना, वीरेन्द्रनगर नगरपालिकाका यामराज गिरी र ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य छन् ।

कार्यदलले आगामी साउन महिनाभित्र अटो रिक्सा सञ्चालनको मापदण्ड, भाडादर र सञ्चालन हुने रुडको एकीन प्रतिवेदन पेश गरिसक्नुपर्ने छ ।

अटो रिक्सालाई व्यवस्थित गर्दै प्रदेश सरकार

कैलालीकाे एक सशस्त्रको हेडक्वार्टरभित्रै प्रहरी जवान मृत

अटो रिक्सालाई व्यवस्थित गर्दै प्रदेश सरकार

घुँयत्राे : मेमोरी किङ्गकै नाममा विदेशी समेतलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!