गजल

नभन्नु होस् बारम्बार घरमै हुनेछ
हरेक रोगको उपचार घरमै हुनेछ
चुनौती पन्छाउँदै भोकमरी घटाउँदै
गरिबीलाई लगाउन पार घरमै हुनेछ
स परिवार मिलिजुली हिडियो भने
हर समस्याको चिरफार घरमै हुनेछ
जुध्न सके अभावका खुड्किला संग
बिचित्रको सिङ्गो संसार घरमै हुनेछ
कुर्सी रोज्नु पर्दैन मन्त्री खोज्नु पर्दैन
एकलौटी बनेको सरकार घरमै हुनेछ
सुनिल राना बिरही
बनगाड कुपिण्डे नगरपालिका–३, सल्यान





