पार्टी कार्यालय स्थापनासँगै दोस्रो पुर्ण वैठक

दुर्गा विसी
सल्लीबजार, ३१ साउन ।
सल्यानको त्रिवेणी गाउँपालिकामा नेकपाको पार्टी कार्यालय स्थापना गरिएको छ । नेकपा त्रिवेणी गाउँ कमिटी सल्यानको पार्टी कार्यालय नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सह–इन्चार्ज गुलाव जंग शाहद्वारा संयुक्तरूपमा उद्दघाटन गरिएको छ । साथै नेकपा गाउँ कमेटिको दोस्रो बैठक त्रिवेणी गाउँपालिका–६ लुहाममा सम्पन्न भएको छ ।
अन्य अतिथिमा प्रदेश कमिटी सदस्य हरि केसी, जिल्ला कमिटी सदस्य नेकपा छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकी, गिर्दल बोहरा, भिउसेन नेपाली, बुद्धि केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा त्रिवेणी गाउँ कमिटी वडा नं. १ का वडा अध्यक्ष रत्न ब. पुनको रिपोर्टिङबाट सुरु भएको कार्यक्रम जिल्ला कमिटी सदस्य बुद्धि केसी, गिर्दल बोहरा, भिउसेन नेपाली, ओज ब बुढाथोकी, प्रदेश कमिटी सदस्य हरि केसी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा पार्टीलाई टुटफुट नभइ मजबुत बनाउन नेताहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा वोल्दै अतिथि नेता शाहले नेकपाका सम्पूर्ण कमिटी पूर्णता नहुनुमा कोभिड–१९ को कारण पनि रहेको बताउनुभएको थियो । त्यस्तै मिडियामा आय जसरी पार्टी फुट्न लागेको भन्ने जिज्ञासालाई खण्ड गर्दै त्यस्तो नभएको, पार्टीमा केही प्राविधिक बाधा भएता पनि फुटको संघारमा नगएको, पार्टी भित्र केही बहस हुँदैमा पार्टी फु्टछ भनेर मिडियाकरण गर्नेहरु नेपाल र नेपाली जन अपेक्षा विपरीत भएको दुखेसो पोख्नु भयो ।
समृद्ध नेपालीको भावना बिरोधी भएको, साथै नेकपा पार्टी छोडेर नेपाली कांग्रेस तथा राप्रपामा जानु भनेको बर्खे भेलमा हामफाल्नु सरह भएको उहाँको तर्क थियोे । नेपाली कांग्रेसको हावादारी कुरामा नलाग्न शाहको अनुरोध छ । ७० वर्ष यो देशमा शासन गरेको पार्टीले जनताको भावना र विकासमा के गरेको थियोे भनेर उल्टै उहाँको प्रश्न छ ? २ वर्ष सत्ता बाहिरको छट्पटीमा अहिले कांग्रेस तडपिएर हुने नहुने अफवाह हल्ला मच्चाएको उहाँको आरोप छ ।
मिडियामा आएका कुराका पछाडि नलागि एक डिक्का भएर पार्टीका सम्पूर्ण काम कार्बाहि अगाडि बढाउन समेत निर्देशन दिनुभएको छ । त्रिवेणी गाउँपालिका लगायतका सल्यानका केही स्थानीय तह प्राबिधिक कारणले पराजय भएता पनि आउँदो चुनावमा सल्यानका १० वटै स्थानीय तह विजय हुने गरी जनभावना बुझि पार्टी कमिटीलाई काम गर्न आग्रह तथा निर्देशन दिनुभएको थियो ।







