जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा पुरातात्विक मापदण्डको धर्मशाल निर्माण

गाेल्डेन बुढा

जुम्ला,२७ साउन।

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा पुरातात्विक मापदण्डको धर्मशाला निर्माण गरिएको छ।पर्यटन बोर्डको आर्थिक सहयोगमा धर्मशाला बन्दैछ।उक्त धर्मशाला निर्माणमा जुम्लाको स्थानीय ढुंगा प्रयोग प्रयोग गरिएको छ। नेपाल पर्यटन बोडद्धारा झ्याङछुप बडाबन जेभी निर्माण कम्पनी काभ्रले सो धर्मशाला निर्माण काम गरिरहेको छ। मन्दिरको पछाडि सेराखेतको छेउमा भक्तजनहरुका लागि पुरातात्विक मापदण्ड अनुसारको ६ कोठे भवन निर्माण हुन लागेको हो।आधुनिक सिमेन्ट प्रयोग होइन, जुम्लाकै खानीको ढुंगा प्रयोग गरि उक्त धर्मशाला निर्माण भईरहेको छ।नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भईरहेको धर्मशाला आधुनिक तर मौलिक पुरातात्विक मापदण्ड अनुसारको हुनेछ ।

नेपाल पर्यटन बोर्डका सिनियर डिभिजनल ईन्जिनियर सचिन्द्र कुमार यादबका अनुसार निर्माण कम्पनीले यो धर्मशाला निर्माणका लागि एक करोड ६१ लख बजेटमा निर्माण कम्पनी सँग सम्झौता भएको छ । उनका अनुसार करिब ९४ लाखको बिल वुझाईएको मध्ये पेश्की सहित २५ लाख भुक्तानी भएको छ । उनले अहिले माटोको संरचना बनाउदा विपद्ले समस्या निम्त्याउने भएकोले ढुंगा प्रयोग गरेर काम भईरहेको बताए।कम्पनीका सञ्चालक सुभास लामाका अनुसार काम अन्तिम चरणमा पुगेको छ।करिब ९० प्रतिशत सकिएको छ।नेपाल पर्यटन वोडका अनुसार मन्दिरको छेउछाउमा बन्ने संरचना मौलिक र पुरातात्विक हुनुपर्ने भएकाले उक्त धारणा बनाई नमूनाको रुपमा सो भवन निर्माण भइरहेको छ। भवन निर्माण क्षेत्रमा ढुंगा बिछ्याइने छ ।जुम्लाको चन्दननाथ मन्दिर कर्णालीकाे ऐतिहासिक धरोहरको धार्मिक स्थल भएपनि अतिक्रमण बढेर जथाभावी संरचना निर्माण भईरहेको समयमा धर्मशाला पक्कि र पुरातात्विक संरचनामा बन्नेछ। दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्रय भक्तजनले चन्दननाथको दर्शन गर्दछन्।बाहिरबाट आएका भक्तजन तथा पाहुँना आउदा पनि धर्मशाला नहुदा मन्दिरलाई समस्या भईरहेको थियो । अव उक्त भवनमा सुविधाजनक तरिकाले १० देखि १२ जनासम्म बसाल्न सकिनेछ।नेपाल पर्यटन बोर्डले जुम्लाको चन्दननाथ मन्दिर सहित हलेसी, चोत्राधाम, भोजपुर लगायतका विभिन्न जिल्लामा जिल्ला बाहिर धर्मशाला निर्माण गर्न शुरु गरिएको बताए ।

धर्मशाला बन्ने भएपछि जुम्लाका स्थानीय खुशीभएका छन् । चन्दननाथ भैरवनाथ मन्दिरका अध्यक्ष अमरबहादुर थापाका अनुसार धर्मशालाले महत्वपूर्ण पाहुना तथा भक्तजनलाई आवासीय सुविधा हुनेछ ।
क्याप्सन : जुम्लाको चन्दननाथ मन्दिरमा निर्माणधिन नमूना धर्मशाला तस्बिर गाेल्डेन बुढा जुम्ला !

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा पुरातात्विक मापदण्डको धर्मशाल निर्माण

युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता :

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा पुरातात्विक मापदण्डको धर्मशाल निर्माण

तारे होटलमा तात्तातो कोदोको सेल !

Leave a comment

Your email address will not be published. Required fields are marked *