औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा भण्डारी

सुर्खेतका युवा व्यवसायी प्रमेबहादुर भण्डारी नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा शनिबार सम्पन्न व्यवसायी संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।


संघको थोकतर्फको उपाध्यक्षमा पूर्ण बुढथापा, खुद्रातर्फका उपाध्यक्षमा पदम केसी, प्रदेश महासचिवमा दानबहादुर रोकाय, कोषाध्यक्षमा गोमाकुमारी नेपाली, सहसचिवमा रविद्र थापा र उपकोषाध्यक्षमा सरिता रोकाय निर्वाचित भएका छन् ।


यस्तै सस्यहरुमा पूर्णप्रकाश बराल, डिल्लीराम सापकोटा, किरणप्रसाद चौलागाई, धर्मदत्त हमाल, लछिराम महत, पृथ्वीनाथ बस्नेत, रामबहादुर बस्नेत, ज्वारीलाल भट्टराई र इन्द्र केसी निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक दुर्गा सापकोटाले जानकारी दिए । अधिवेशन कर्णाली प्रदेशसहित देशभरका औषधि व्यवसायीहरुको सहभागी थिए ।

औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा भण्डारी

चिंगाडलाई हराउँदै वीरेन्द्रनगर फाईनल प्रवेश

औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा भण्डारी

प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा १४३ मुद्दाको

Leave a comment

Your email address will not be published. Required fields are marked *