टोकियो ओलम्पिक स् १० स्वर्णसहित जापान पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकको पदक तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ। अमेरिका र चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको हो।

जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् ।

अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य हात पारेको छ। यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसिया पदक तालिकाको चौथो स्थानमा छ।

यसैगरी चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ बेलायत पाँचौं स्थानमा रहँदा तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित दक्षिण कोरिया छैटौं स्थानमा रहेको छ। अस्टे«लिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौं तथा क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जित्दै आठौं स्थानमा रहेको छ।

दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ फ्रान्स नवौं तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेका छन्। ओलम्पिकमा सहभागमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गरेका छन्।
नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी भएकामध्ये तीन जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन्। अब नेपालबाट सहभागी पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ।

टोकियो ओलम्पिक स् १० स्वर्णसहित जापान पदक तालिकाको शीर्ष स्थानमा

सात लाख व्यक्ति सवारी ट्रायल परीक्षा कुर्दै

टोकियो ओलम्पिक स् १० स्वर्णसहित जापान पदक तालिकाको शीर्ष स्थानमा

टोकियो ओलम्पिकमा गौरिकाको खेल आज

Leave a comment

Your email address will not be published. Required fields are marked *