टोकियो ओलम्पिकमा गौरिकाको खेल आज

काठमाडौं । टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ओलम्पिक अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन्।

एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन्। एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए। हिट चरणमा एलेक्सले ५३।४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए।

टोकियो ओलम्पिकमा गौरिकाको खेल आज

टोकियो ओलम्पिक स् १० स्वर्णसहित जापान पदक

Leave a comment

Your email address will not be published. Required fields are marked *