सात लाख व्यक्ति सवारी ट्रायल परीक्षा कुर्दै

काठमाडौं । नेपालमा पुनः दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो।

निषेधाज्ञा जारी भएपछि ड्राइभिङ लाइसेन्स लिनेहरूका लागि ‘ट्रायल’ पनि बन्द भयो। बन्द भएको तीन महिना पुग्नै लाग्दा पनि अझै ट्रायल खुलेको छैन। जसकारण ट्रायल दिनेहरू अन्योल र चिन्तित छन्।

यातायात व्यवस्था विभागका अनुसार ट्रायलका लागि निषेधाज्ञा अघिसम्म करिब सात लाखले आवेदन दिएका छन्। तर उनीहरूले अहिलेसम्म कोभिड-१९ का कारण कुनैले पनि ट्रायल दिन पाएका छैनन्।

के भन्छ विभाग ?

विभागका प्रवक्ता डा.लोकनाथ भुसाल मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्रै ट्रायल खुलाउने बताउँछन्। ‘विभागले भनेर हुँदैन, क्याबिनेटले निर्णय गरेपछि मात्र खुल्छ, त्यसैले समय यकिन गर्न सकिन्न,’ उनले भने।

हाल त्रिवि, लोक सेवा लगायतका परीक्षा भौतिक रुपमै सञ्चालन गर्न दिइएकाले सवारीको ट्रायल परीक्षा सञ्चालन गर्न पनि सरकारले दिनुपर्ने उनले माग गरे।

वैशाख १६ गतेदेखि बन्द गरिएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन पनि बन्द नै गरिएको छ। भाैतिक उपस्थितिकाे आवेदन पनि खुलाइएकाे छैन।

स्मार्ट लाइसेन्स पनि छपाइ भएन

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ पनि यतिखेर रोकिएको छ। विभाग प्रवक्ता भुसालका अनुसार छपाइ थाल्न अझै दुई महिना समय लाग्नेछ। भुसालले भने, ‘छपाइ गर्ने टेक्निकल सिस्टम फेर्नुपर्ने भएकाले रोकिएको हो, फिट गरेपछि छपाइ सुरु हुन्छ।’

भुसालका अनुसार २० लाख कार्ड छपाइ भइसकेको छ भने २०७८/७९ भित्र थप १४ लाख नयाँ स्मार्ट लाइसेन्स कार्ड छाप्नुपर्ने हुन्छ। यसका लागि टेन्डर भइसकेको उनले बताए। छपाइ भएका बेला दैनिक चार हजार कार्ड छाप्ने गरिएको विभागको भनाइ छ।

सात लाख व्यक्ति सवारी ट्रायल परीक्षा कुर्दै

टोकियो ओलम्पिक स् १० स्वर्णसहित जापान पदक

Leave a comment

Your email address will not be published. Required fields are marked *