द सेक्रेट अफ राधाुको पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म द सेक्रेट अफ राधाको पहिलो पोस्टर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा बनेको फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ देखिएकी छन्। फिल्ममा केन्द्रीय पात्र राधाको भूमिका उनले नै निर्वाह गरेकी छन् । सृष्टिबाहेक फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधान लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

यसै फिल्ममार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात हालेका छन् । द सेक्रेट अफ राधा सौगात र निर्देशक सुवर्णको संयुक्त लगानीमा बनेको फिल्म हो । सामाजिक मुद्दामा बनेको नारी प्रधान फिल्मको अन्तिम चरणको काम भइरहेको छ ।

द सेक्रेट अफ राधाुको पहिलो पोस्टर सार्वजनिक

स्थानीय उत्पादन बढाऔं

द सेक्रेट अफ राधाुको पहिलो पोस्टर सार्वजनिक

एभरेस्ट प्रिमियर लिग स् सोमबारका दुवै खेलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *