कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत पाएनन्

जाजरकोट ।  कुशे पाटनमा हावाहुरी र भारी बर्षाका कारण भेडा बाख्रा मरेका पिडितले राहत नपाएको गुनासो गरेका छन् । कुशे गाउँपालिका-४ ताम्तीको अस्मिता भेटा फार्म र अर्का पिडित डिल्ली वहादुर शाहीले कुनैपनि निकायबाट राहत नपाएको गुनासो गरेका हुन् ।

कुशे पाटनमा अविरल वर्षा तथा हावाहुरीका कारण अस्मिता भेडा फार्मका १६० ओटा भेडा तथा डिल्ली वहादुर शाहीको ५० ओटा भेडा कुशे पाटनमा मरेको अस्मिता भेडा फार्मका संन्चालक नवराज शाहीले जानकारी दिएका छन् ।

संन्चालक शाहीका अनुसार हावाहुरी तथा वर्षाका कारण भेडा बाख्रा मरे लगतै कुशे गाउँपालिकाको कार्यालयमा निवेदन दिदापनि स्थानिय सरकार बेखबर वनेको गुनासो पोखे ।

अस्मिता भेडा फार्म दर्ता रहेको हुदापनि स्थानिय सरकार यसरी मौन बसेको कारण उनिहरुले आक्रोस पोखेका छन् । स्थानिय सरकारसंग राहतको लागि निवेदन दिदा आफुहरुले सहयोग गर्न नसक्ने र यसको लागि स्वंयम पिडितनै प्रदेश सरकारसंग जानुपर्ने भन्दै स्थानिय सरकार पन्छिएको पिडितले बताए ।

कुशे पाटनमा अविरल वर्षा तथा हावाहुरीका कारण अषाढ १ गते ७ जना मानिस समेत बेपत्ता भएका थिए । र सयौँको संख्यामा भेडा बाख्रा मरेका थिए । बेपत्ता भएका ७ जनालाई केहि दिनपछी सकुसल उद्धार गरिएको थियो ।

कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत पाएनन्

घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु

कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत पाएनन्

अफिसमा काम गर्दा आफूलाई यसरी राख्नूस फिट्नेस

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!