घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ । घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको हो ।

उनको छोरा जन्मिनुबित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। बच्चा स्वास्थ्य अवस्था राम्रो छ । सदरमुकाम दुनैबाछ पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ ।

अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो। यहाँका अधिकांश गर्भवतीहरु गर्भजाँच गराउन नपाएको गुनासो छ ।

घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु

कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!