काबुल युनिभर्सिटीमा तालिबान नियुक्त कुलपतिले विश्वविद्यालयमा अब फेरिने कुरा बताए

अफगानिस्तानमा काबुल युनिभर्सिटीका नयाँ चान्सलरले विश्वविद्यालयमा परिवर्तित व्यवस्थाबारे जानकारी दिएका छन् । नयाँ चान्सलर मोहममद अशरफले भविष्यमा विश्वविद्यालयमा थप इस्लाम समर्थक कर्मचारीलाई नियुक्त गर्ने पनि बताएका छन् ।

उनले भने, ‘यसो गर्दा पाठ्यक्रमलाई इस्लामी बनाउने तालिबानको योजना पूरा गर्न मद्दत मिल्नेछ ।’


उनले इस्लाम दर्शनका ज्ञाता जबारखेललाई काबुल युनिभर्सिटीमा अध्यापकको रुपमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे का छन । साथै, आफ्नो अध्यक्षतामा सुखद समाचार आउँदै गरेको जानकारीसमेत दिए ।

यसै हप्ता तालिबानले मोहम्मद गैरतलाई काबुल विश्वविद्यालयका कुलपति नियुक्त गरेको थियो ।

उनको नियुक्तीको तिखो आलोचना भएको थियो । उनको नियुक्तीपछि मानिसहरुले यसलाई अफगानिस्तानको प्रमुख शैक्षिक संस्थाको अपमान बताएका थिए ।
मोहम्मद गैरतसँग पत्रकारिताको डिग्री छ र उनले आफू यो भूमिकामा योग्य भएको जोडदारका साथ बताउने गर्छन् ।

काबुल युनिभर्सिटीमा तालिबान नियुक्त कुलपतिले विश्वविद्यालयमा अब फेरिने कुरा बताए

सोनिकासँग क्रिकेटर विनोदले गरे इन्गेजमेन्ट

अनुमति दिए पनि फिल्म हल अझै खुल्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!