सभामुखमाथि एमालेको व्यवहार आपत्तिजनक : सत्तारुढ गठबन्धन

काठमाडौं : सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि गरेको व्यवहार संसदीय मर्यादा विपरीत भएको बताएका छन्।

नेपाली कांग्रेसकी सचेत पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी नेपालको सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेता माधवकुमार नेपाल निकट सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै एमाले सांसदको गतिविधिको विरोध जनाएका हुन्।

विज्ञप्तीमा भनिएको छ, ‘यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखज्यू विरुद्ध दिनुभएको धम्कीमुलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक भएको विज्ञप्तिमा उल्लेख छ। सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको उनीहरुले आरोप लगाएका छन्।

‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखज्यू विरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

नेता नेपाल समूहका १४ सांसदमाथि कारवाही प्रक्रिया अघि नबढाएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सांसद महेश बस्नेत, शान्ता चौधरीलगायत सांसदहरुले संसद सचिवालयमै पुगेर दबाव दिएका थिए।

सभामुखमाथि एमालेको व्यवहार आपत्तिजनक : सत्तारुढ गठबन्धन

बनगाडमा वर्षादले बिगारेका सडक सुचारु हुन सकेनन्

सभामुखमाथि एमालेको व्यवहार आपत्तिजनक : सत्तारुढ गठबन्धन

माओवादीसँग कुनै हालतमा एकता गर्नु हुँदैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!