बनगाडमा वर्षादले बिगारेका सडक सुचारु हुन सकेनन्
दुर्गा बिसी

सल्यान । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका भित्रका सबै स्थानीय सडक अवरुद्ध भएको ठ्याक्कै २ महिना पुग्यो ।
नगरपालिकालाई स्काभेटर मेसिनको लागि निगाल्चुला जाने सडक सुचारूकाे लागि वडा अध्यक्ष गाेविन्द डाँगीले एक महिना सम्म लगातार फाेन गरे तर ,नगरपालिकाले टेरपुच्छर नलाए पछि हालै आफ्नै व्यक्तिगत लगानीमा सडक सुचारू गरेका छन् ।
साल्चौर क्षेत्रमा वर्षातले सडक छेदविच्छेद पारे पछि एक महिना देखि उक्त सडक अवरुद्ध वन्याे ।धेरै पटक कार्यालय प्रमुख मनाेज रेग्मी,नगर प्रमुख गाेविन्द कुमार पुनलाई नगरकाे जेसिवि पठाइदिन गरेको अनुराेध सुन्दै नसुन्नेकाे वडा अध्यक्ष डाँगिकाे दुखेसो छ ।
आषाढकाे पहिलो साता बिग्रेका यहाँका सबै सडक सुचारु गर्ने कुरामा नगरपालिका वेखबर वनेकाे छ । यतिखेर सबै सडक मर्मत गर्ने नसकिए पनि केही महत्त्वपूर्ण वडा जाेड्ने सडक नगरपालिकाकाे जेसिविले काम गरिदिए स्थानीयलाई आवागमनमा सहजता हुने स्थानीयकाे भनाइ छ । वस्तिमा जाने सडककाे त कुरा परै जावस वडा जाने सडक समेत ठाउँ ठाउँमा पहिराले अवरुद्ध वनेका छन् ।

वडा २,३,६,७,११ र १२ नम्बर जाने सडक र केही ठुलो वस्तिमा जाने सडक पुर्णरुपमा बिग्रेका छन् ।सडक अवरुद्ध हुदा सामाजिक सुरक्षा भत्ता वुझ्न आउने जेष्ठ नागरिक समेत मारमा परेका छन् ।सडक सबै अवरुद्ध हुदा अावात जावतमा कठिनाइ भएको कुरा प्रति बनगाड कुपिण्डे नगरपालिका वेखबर वनेकाे छ ।
गत आर्थिक वर्षमा वर्षातले विगारेकाे सडक मर्मतकाे ३९ लाख रकम समेत नपाएको काममा संलग्न निर्माण कम्पनीकाे भनाइ रहेको छ ।





