आर्सनलमाथि चेल्सीको सहज जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे। खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। बेल्जियमका फरवार्ड लुकाकुले जेम्सको पासमा डेब्यु खेलमै गोल गरेका हुन्। उनी हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन्।

त्यसपछि खेलको ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए। उनले मासन माउन्टको पासमा उत्कृष्ट गोल गरे।

जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ। चेल्सीले २ खेलमा ६ अंक जोडेको छ। चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। आर्सनलको यो लगातार दोस्रो हार हो।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग १-१को बराबरीमा रोकिएको छ।

आर्सनलमाथि चेल्सीको सहज जित

बराबरीमा रोकियो रियल मड्रिड

आर्सनलमाथि चेल्सीको सहज जित

फवादको शानदार शतकीय इनिङमा पाकिस्तान बलियो

Leave a comment

Your email address will not be published. Required fields are marked *