बराबरीमा रोकियो रियल मड्रिड

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा रियल म्यड्रिड लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
रियल म्यड्रिडलाई भिनिसियस जुनियरले दुई गोल गर्दै हारबाट बचाएका हुन्। ३-२ ले पछाडी रहेको बेला भिनिसियसले खेलको ८५औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।
त्यस अघि भिनिसियसले ७३औ मिनेटमा गोल गरेका थिए । भिनिसियस खेलको ५९औ मिनेटमा सबस्टिच्युटको रुपमा इडेन हजार्डको ठाउमा मैदानमा छिरेका थिए।
रियलका लागि पहिलो गोल ग्यारेथ बेलले खेलको पाँचौ मिनेटमा गरेका थिए। त्यस्तै लेभान्टेका लागि रोजर मार्टि, जोस क्याम्पना र रोबर पिएरले एक एक गोल गरेका थिए।
यस खेलमा लेभान्टेका एइटर फेमानडेजले खेलको ८७औ मिनेटमा रातो कार्ड पाएका थिए।
यो खेलपछि रियल म्यड्रिडको २ खेलमा ४ अंक भएको छ भने लेभान्टेले आफ्ना दुवै खेल बराबरी खेल्दै २ अंक हासिल गरेको छ। गएराति नै सम्पन्न खेलमा एट्लेटिको मड्रिडले एल्चेलाई १ ० ले हरायो ।






