राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गामा फसाइयो । गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन्।
बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि बुधबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा मलाई फसाइयो । पूर्वाग्राही राखेर मलाई फसाउन खोजियो।’

लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास भएको बताए । लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए ।
गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी पाउँदासमेत सरकारको कुनै खर्च गरिन् । मैले मेरो पदीय जिम्मेवारी सम्हाले । मैले कहिल्यै मेरो व्यक्तिगत स्वार्थको लागि काम गरिन ्। मलाई किन निराधार आरोप लगाइयो भन्ने प्रश्न उठेको छ ।’
संविधान निर्माणमा पनि आफूले महत्वपूर्ण भूमिका खेलेको बताए । संविधान निर्माणको बेलामा आफूले सहजीकरण गरेकै कारणले दलहरूमा सहमति बनेको दाबी गरेका छन । लोकतन्त्रप्रति आफूलाई अपार विश्वास रहेको बताउँदै कम्युनिष्टको दुईतिहाइ सरकारले काम गर्न नसकेको आरोप लगाए ।
‘मेरो राजनीतिक भविष्य अन्त्य गर्न रचित षडयन्त्रको आधारमा अख्तियारले ममाथि मुद्दा दायर गरेको हा े। कम्युनिष्ट सरकारको अधिनायकवादबाट नै यस्तो षड्यन्त्र भएको छ । त्यसैले सचेत नागरिकहरुले त्यसप्रति सचेत हुनुपर्छ’ उनले भने ।





