सुर्खेतका चारवटै निर्वाचन क्षेत्रको पार्टी नेतृत्वमा देउवापक्ष विजयी

सुर्खेत : शनिबार भएको नेपाली काँग्रेसको प्रदेश सभा अधिवेशन अन्तर्गत सुर्खेतका चारवटै निर्वाचन क्षेत्रको पार्टी नेतृत्वमा देउवापक्ष विजयी भएको छ ।
इतरसमुह रामचन्द्र पौडेलेको समुहलाई पछि पार्दै निर्वाचनबाट देउवा समूहको वर्चश्व देखिएको हो । प्रदेश सभामा देउवाा पक्षबाट प्यानल नै विजयी भएको छ ।
जसमा प्रदेश सभा निर्वाचन क्षेत्र १ ९क० मा केशर वली, ९ख० मा भुपेन्द्र सुवेदी सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र २ ९क९ मा कर्णबहादुर बुढा, ९ख० मा तेजबहादुर बस्नेत सभापति निर्वाचित भएका छन् ।






