कृषकलाई तत्काल राहत वितरण गर्न किसान महासंघको माग

सुर्खेत । अखिल नेपाल किसान महासंघ सुर्खेतले अविरल वर्षापछि देशैभर भएको धनजनको अपूर्णिय क्षती प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ सुर्खेतले प्रेस विज्ञप्ति जारी गर्दै असोज ३१ गते रातीदेखि परेको अविरल वर्षाका कारण सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानखेती भित्र्याउने बेला बाली नष्ट भएकाले सम्बन्धित सबै सरोकारवालाको ध्यानकर्षण गराएको हो ।

महासंघ सुर्खेतका अध्यक्ष मनोहर आचार्यले अविरल वर्षातका कारण आम कृषकको प्रमुख आयस्रोतको रुपमा रहेको धान बाली नष्ट भएकाले संघ, प्रदेश, स्थानीय सरकारसँगै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई तत्काल राहत तथा क्षतीपूर्तिको व्यवस्था गर्न अनुरोध गरे । उनले अविरल वर्षातले किसान वर्गमा पु¥याएको क्षतीको विवरण संकलन गरि राज्य कोषबाट उचित क्षतीपूर्तिको व्यवस्था गरिनु पर्नेमा जोड दिए ।

‘सरकारी निकायले किसान वर्गमा हुन गएको क्षतीलाई समायोजन हुने गरि कार्यक्रम परिमार्जन गरेर राज्यको उपस्थिति जनाउन सक्नु पर्छ,’ उनले भने, ‘दैविक प्रकोपबाट हुन गएको क्षतीप्रति सबै पक्षसँग सहयोग तथा समन्वयको हामी सम्पूर्ण निकायसँग हार्दिक अपिल गर्दछौं ।’

कृषकलाई तत्काल राहत वितरण गर्न किसान महासंघको माग

कोरोना महामारी सन् २०२२ लम्बिने डब्लूएचओको चेतावनी

कृषकलाई तत्काल राहत वितरण गर्न किसान महासंघको माग

‘तिम्ले माया मारी गयौ’ मा उषा र

Leave a comment

Your email address will not be published. Required fields are marked *