फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स०का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ। स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले फ्रान्सबाट ल्याउन लागेको हो।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार स्मार्ट कार्ड अबको एक महिनाभित्रमा नेपाल आइपुग्ने छ। उनले भने,‘कार्ड ल्याउन सबै प्रक्रिया पूरा गरिसकेका छौँ,अबको एक महिनामा कार्ड नेपाल आइपुग्छ।’

स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले २०७७ फागुन महिनाबाट नै कार्ड छापेको थिएन। कार्ड आएपछि निरन्तर छाप्ने उनले बताए। उनका अनुसार नयाँ र नवीकरण गरिएको करिब ७ लाख कार्ड छाप्न बाँकी बाँकी छ।

फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउने तयारी

देशभर १ हजार ३ सय ३० जनामा

फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउने तयारी

स्थानीय तहमा प्रशासनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *