४० किलो चाँदीसहित एकजना पक्राउ

काठमाडौं । रौतहट प्रहरीले ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । –आज )मंगलबार बिहान गौर नगरपालिका(४ बसपार्क अस्थाई प्रहरी पोष्टको टोलीले सर्लाही मलंगवा नगरपालिका–२ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई झोलामा बोकेको उक्त चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बस काउण्टरबाट पक्षिमतर्फ जाँदै गरेको अवस्थामा शंका लागेर चेक गर्दा दुबै झोलामा कार्टुनभित्र सिलबन्दी गरिएको प्लास्टिकमा स–साना चाँदीका टुक्राहरू फेला परेको प्रहरीले जनाएको छ।

उक्त चाँदीको आजको बजार मूल्य ३९ लाख ४४ हजार रहेको प्रहरीले जनाएको छ । प्रहरीले मानिस र बरामद भएको चाँदीसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाएको छ।

४० किलो चाँदीसहित एकजना पक्राउ

ओलीको रिटमा सक्कल फाइल मगाउन सर्वोच्चको आदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *