नेपाल चार्टर्ड एकाउन्टेन्ट संघद्वारा नवनिर्वाचित आईक्यान पार्सदहरुलाई सम्मान

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा सरकारबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा श्री पदकद्वारा विभूषित नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज ( हाल देश बाहिर रहनुभएको, ) नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका आजीवन सदस्य तथा राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंलाई सम्मान गरीएको थियो ।






