निकाल्यो चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति र विदेशीतर्फको नयाँसूची

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति र विदेशी तर्फको पूर्व (मनोनयनको नयाँ सूची निकालेको छ । एक साताअघि निकालेको लिष्टमा गडबडी देखिएपछि पुनस् अर्को लिष्ट निकालेको छ।
आयोगले यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा उजुरी परेको थियो। उजुरी परेपछि आयोगले छानबिन गर्दै नयाँ सूची निकालेको हो।

आयोगले यसअघि २८ भदौमा पूर्व(मनोनयनको लागि सूची प्रकाशित गरेको थियो। मनोनयनको सूचीमा स्वीकृत भएका उम्मेदवारले ७ गते ५ बजेभित्र आफू पूर्व(मनोनयनमा परेको सिटमा सहमत वा असहमत भए जानकारी गराउन आग्रह गरेको छ।






