राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं ।राष्ट्रिय सभाको बैठक आज बस्दैछ । सोमबार प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीनवटै विधेयक पेस गर्ने कार्यक्रम छ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पास गरेको हो ।

आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिनेछ । दलहरूबीच सहमति भए विधेयकबारे आजै सैद्धान्तिक छलफल हुनेछ ।
सैद्धान्तिक छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टा समय दिइनेछ। यस अवधिमा सांसदहरूले बजेटमा संशोधन सुझाव राख्न पाउनेछन्।

राष्ट्रिय सभाका सदस्यले विधेयकमा खर्च कटौतीको प्रस्तावसमेत राख्न पाउँछन्। यसमा छलफल गरिसकेपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउनेछ।
यसपछि प्रतिनिधि सभाले सभामुखमार्फत विधेयक राष्ट्रपतिकहाँ पठाउँछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । अनि मात्र सरकारले खर्च गर्न पाउनेछ।

राष्ट्रिय सभाको बैठक आज बस्दै

कार्टुन

राष्ट्रिय सभाको बैठक आज बस्दै

 नारायणलाई देखेपछि कृष्णाले ,उदित भने, ‘तपाईंले मामा

Leave a comment

Your email address will not be published. Required fields are marked *