ब्रेकअपपछि आफूलाई कसरी सम्हाल्ने ? अर्जुन कपुरले दिए यस्तो टिप्स

एजेन्सी । बलिउड नायक अर्जुन कपुरले इन्डिया टडे ई–माइन्ड रक्स २०२१ मा भाग लिए । सेसन फिक्चर पर्फेक्ट : अन कम्प्लिटिङ अ डिकेड इन फिल्म्स एण्ड बडी पोजेटिभिटीमा अर्जुन कपुरले बडी शेमिङ र बडी पोजेटिभिटीको विषयमा कुराकानी गरे ।

अर्जुनसँग र्यापिड फायर राउन्डका बेला ब्रेकअपबाट निस्कनका लागि टिप्स सोधियो । यसको नायकले रोचक जवाफ पनि दिएका छन् ।

ब्रेकअपको पीडा बिर्सनका लागि अर्जुन कपुरले दिए टिप्सः

अर्जुन कपुरले ब्रेकअपबाट बाहिर निस्कनका लागि भने, ‘मेरो विचारमा तपाईंले त्यो प्रक्रियाबाट गुज्रनुपर्छ । यसको कुनै सिक्रेट छैन ।

यसका साथै आफूलाई काममा व्यस्त राख्नुहोस् । काम गरिरहनुहोस्, यो नै सबैभन्दा ठूलो थेरेपी हुनसक्छ । मैले यो याद गरेको छु । लुक्न आवश्यक छैन । आफूलाई राम्रो महसुस गराउने कोसिस गर्नुहोस् । ’

अर्जुन कपुर यो पनि मान्छन् कि ब्रेकअपबाट बाहिर निस्कनका लागि कुनै फर्मूला छैन । उनी भन्छन्, ‘यदि तपाईं कसैलाई प्रेम गर्नुहन्छ भने तपाईंलाई सम्बन्ध टुट्दा पीडा पनि हुनेछ । तपाईंले यसलाई महसुुस गर्नुपर्छ । सेन्टिमेन्टल गीत सुन्नुहोस्, आइसक्रिम खानुहोस् र भोलिपल्ट वर्कआउटमा जानुहोस् ।’

कसरी गर्ने बडी शेमिङसँग डील ?

अर्जुन कपुरले उनले बडी शेमिङसँग कसरी डील गरेका थिए भन्ने जानकारी दिए । अर्जुनले बताए अनुसार मानिसहरु फिट हुनुका अर्थ पातलो हुनु ठान्छन् । उनी भन्छन्, ‘भारतमा मानिसहरुलाई रङ, आकार र छालासँग समस्या हुन्छ ।

मेरो शरीर ठूलो छ । म यसलाई सकारात्मक रुपमा लिन्छु । म अनफिट छैन । मानिसहरुलाई भन्नुपर्छ कि तपाईं जस्तो हुनुहुन्छ ठिक हुनुहुन्छ । मानिसहरुलाई जागरुक बनाउनुपर्छ । पातलो हुनु फिट हुनु होइन ।’

ब्रेकअपपछि आफूलाई कसरी सम्हाल्ने ? अर्जुन कपुरले दिए यस्तो टिप्स

‘सम्झेर एक्लै’ मा बर्षा र सलोनको रोमान्स

ब्रेकअपपछि आफूलाई कसरी सम्हाल्ने ? अर्जुन कपुरले दिए यस्तो टिप्स

युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *