२०८३ जेष्ठ ३० गते
×

Now Playing

त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक सिरिजमा खेल्ने टिम घोषणा गरेको छ। टिममा १७ जना छन्। ओमानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच खेल हुनेछ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए। सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्शनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन्।

गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीलमा स्थान बनाएका छन्। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग दुई दुई खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्ने छ। त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ।

नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ। त्रिकोणत्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ। यद्यपि
‚ खेल तालिका भने सार्वजनिक भएको छैन।

लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ। घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन।

त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा

पोखरा फुटबल रंगशालामा फ्लड लाइट राखिने

त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा,

Leave a comment

Your email address will not be published. Required fields are marked *