२०८३ जेष्ठ ३० गते
×

Now Playing

वेस्टइन्डिजविरुद्ध सम्हालियो पाकिस्तान

एजेन्सी । पाकिस्तान र वेस्टइन्डिजबीच जारी दोस्रो टेस्टमा खराब सुरुवातका बाबजुत पाकिस्तान सम्हालिएको छ। कप्तान बाबर आजम र फवाद आलमले चौंथो विकेटका लागि उत्कृष्ट साझेदारी सम्भव बनाएपछि वेस्टइन्डिजसँगको दोस्रो टेस्टमा पाकिस्तानले राम्रो पुनरागमन सम्भव बनायो।

दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ गरेको पाकिस्तान लगालग तीन विकेट गएपछि दबाबमा परेको थियो। तर दिनको खेल सकिंदा ४ विकेट गुमाएर २१२ रन बनाउँदै आकर्षक पुनरागमन सम्भव बनायो। पाकिस्तानी फवाद ७६ रनमा रिटायर्ट हर्ट भएर पेभिलियन फर्किंदा बाबर १३ चौकाको सहयोगमा ७५ रनमा क्याच आउट भए।

एक समय २ रन जोड्दा ३ विकेट गुमाएको पाकिस्तानी इनिङलाई यी दुई ब्याट्सम्यानले चौथो विकेटका लागि १५८ रनको साझेदारी सम्भव बनाए। पहिलो दिन मोहमद्ध रिजवान २२ तथा फहिम असरफ २३ रन बनाएर अविजित छन्। वेस्टइन्डिजका कमर रोचले ३ विकेट लिए।

वेस्टइन्डिजविरुद्ध सम्हालियो पाकिस्तान

सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

वेस्टइन्डिजविरुद्ध सम्हालियो पाकिस्तान

पोखरा फुटबल रंगशालामा फ्लड लाइट राखिने

Leave a comment

Your email address will not be published. Required fields are marked *