फिल्म ‘कुइनेटो’ को गीत ‘धर्ती आकाश’ सार्वजनिक

काठमाडौं । मिडिया एण्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयूक्त प्रस्तुतिमा कमला जोशी निर्माता रहेको नयाँ नेपाली फिल्म ‘कुईँनेटो’को ‘धर्ती आकाश’ बोलको शीर्षक गीत सार्वजनिक भएको छ ।

अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थानमा छायांकन गरिएको हो ।

गीतका शब्द ललिता कुँवरले कोरेकी हुन् । संगीतकार सन्तोष श्रेष्ठले यसलाई संगीत दिएका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईंको स्वर रहेको यो गीतको एरेन्जर ओम सुनार हुन् ।

हाँस्य विधामा समेटिएको यो फिल्ममा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित यो फिल्म कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रदर्शनीमा आउने निर्माण कम्पनीले बताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा किरण दाहालको द्वन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ ।

फिल्म ‘कुइनेटो’ को गीत ‘धर्ती आकाश’ सार्वजनिक

दोस्रो पटक भगवानको भूमिका गर्दै अक्षयकुमार

फिल्म ‘कुइनेटो’ को गीत ‘धर्ती आकाश’ सार्वजनिक

यसराज र सरिताको ‘आयो तिम्रो राजा’

Leave a comment

Your email address will not be published. Required fields are marked *