वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा अस्ट्रेलियाको विजयी सुरुवात

एजेन्सी ।  वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। आज विहान सम्पन्न खेलमा पाहुना टोलीले डकवर्थ लेविस नियमअन्तर्गत १ सय ३३ रनको ठूलो अन्तरको जित निकालेको हो।

यससँगै उसले एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान एलेक्स क्यारीको ६७ रनको मद्दतले ४९ ओभरमा नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो।

वर्षाले प्रभावित खेलमा घरेलु टिमले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले घातक बलिङ गर्दै ४८ रन दिएर पाँच विकेट लिए।

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा अस्ट्रेलियाको विजयी सुरुवात

सल्यानमा दाइले गरे १३ वर्षिया भाइको हत्या

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा अस्ट्रेलियाको विजयी सुरुवात

एल क्लासिको : बार्सिलोना लिजेण्ड्समाथि रियलको जीत

Leave a comment

Your email address will not be published. Required fields are marked *