कर्णाली राजमार्ग : पहिरो पन्छाउदै रकम असुल्दै, बिरामी बोकेको एम्बुलेन्ससँग पनि उठाइयो पैसा

सुर्खेत ।  शनिबार दिउँसो १ बजे कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- २ बोटखोलामा एउटा ट्रक सडकको हिलोमा फस्यो ।

उक्त ट्रक निकाल्न एउटा डोजर आयो । डोजरले ट्रक निकाल्न सकेन । ट्रक पछाडि सर्‍यो । त्यतिबेलासम्म त्यहाँ करिब एक सय जति निजी तथा सरकारी सवारी साधन, मालबाहक ट्रक जाम लागीसकेका थिए ।

ट्रक निकाल्न नसकेपछि डोजरले केही हिलो फाल्यो । त्यसपछि बल्लतल्ल उक्त ट्रक निकालियो । त्यसपछि एउटा समूहले सवारी साधनसँग पैसा उठाउन थाल्यो । उक्त डोजर निजी भएको भन्दै उनीहरूले हिलो पन्छाएबापत प्रतिगाडी २ सयदेखि ३ सय रुपैयाँसम्म उठाउन थाले । डोजर कसको हो र किन पैसा उठाएको भनेर कसैले खोजी गरेन ।

त्यसबारेमा सोधखोज गर्दा शिलापत्रकर्मीमाथि पाँच जनाको समूह जाइलाग्यो । डोजर चालक केही बोलेनन् । हिलो फालेबापत उक्त समूहले करिब १०/१२ हजार रुपैयाँ उठायो ।

ट्रकबालाहरूले पैसा दिए । उनीहरू भन्थे- पैसा दिए अगाडि बढ्न पाइन्छ । दुई/तीन सयको लोभमा किन लफडामा पर्ने ? अड्किएका सवारी साधनमा बिरामी बोकेको एउटा एम्बुलेन्स पनि थियो । सो समूहले उक्त एम्बुलेन्ससँग पनि पैसा उठायो, अनि मात्र एम्बुलेन्स अगाडि बढ्न पायो ।

– शिलापत्रबाट

कर्णाली राजमार्ग : पहिरो पन्छाउदै रकम असुल्दै, बिरामी बोकेको एम्बुलेन्ससँग पनि उठाइयो पैसा

पुर्व सञ्चार राज्यमन्त्री विष्टको काेराेनाबाट निधन

कर्णाली राजमार्ग : पहिरो पन्छाउदै रकम असुल्दै, बिरामी बोकेको एम्बुलेन्ससँग पनि उठाइयो पैसा

YUGAAWHAN NATIONAL DAILY (2078-03-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *