युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

काठमाडाैं  । १६ औँ संस्करणको युरोकप फुटबलमा आज राति उपाधि दाबेदार मानिएका पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘एफ’ का यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगल जारी युरोकपमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो।

३ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहेको छ। जर्मनी विरुद्धको आजको खेलमा पनि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य खेलाडीका रुपमा रहनेछन्। उनले हंगेरीविरुद्ध पेनाल्टीमार्फत दुई गोल गरेका थिए।

यद्यपी जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा हुने खेलमा पोर्चुगललाई जित निकाल्न सहज भने छैन। समूहको तेस्रो स्थानमा रहेको जर्मनीले यसअघि आफ्नै गल्तीका कारण फ्रान्ससँग १–० गोलको नमिठो हार ब्यहोरेको थियो। प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गरेका थिए।

सोही गल्तीका कारण जर्मनी समूहको तेस्रो स्थानमा पुगेको थियो। अघिल्लो चरणमा पुग्न जर्मनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। हेड टु हेडका आधारमा यी दुई टिममा जर्मनी बलियो देखिएको छ।

यी दुईटिमबीच हालसम्म भएका १८ खेलमा जर्मनीले १० खेल जित्दा पोर्चुगलले तीन खेल मात्र जितेको छ भने बाँकी पाँच खेल बराबरी भएका थिए। आजको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

भारतमा ६० हजार नयाँ संक्रमित थपिए

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

रोजगारीको आसमा बेचिइन्छन् महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!