बाघले मान्छेलाई आक्रमण गर्नुका यस्ता छन् कारण, यी हुन् जोगिने उपाय

काठमाडौं । पछिल्लो समयमा बाघले मानिसहरूलाई आक्रमण गरेका घटनाहरू बढिरहेका छन्। यस्तो घटना धेरैजसो बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा हुने गरेका छन्।

बाघको आक्रमणबाट कतिपयको ज्यानसमेत गएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाघले निम्न अवस्थामा आक्रमण गर्छ :

-आराम गरिरहेको अवस्थामा मानिस नजिक पुगेमा
-पोथीले बच्चा लुकाएको बेला मान्छे नजिक पुगेमा
-शिकार खेल्न लागको बेलामा अचानक मान्छे पुगेमा
-मान्छेहरूले निहुरिएर काम गरिरहेको अवस्थामा
-भाले लागेको र झगडा गरिरहेको अवस्थामा
-बुढा भएर सिकार गर्न नसकेको बेला
-माउबाट छुट्टिएका बेला बाघले आक्रमण गर्छ

कसरी जोगिने?

-रातिको समयमा बाघ भएको क्षेत्रमा नहिँड्ने
-बुढाबुढी र केटाकेटीहरूलाई वनक्षेत्रमा हिँड्न नदिने
-वनजंगल जाँदा एक्लै नजाने,समूहमा जाने
-बाघले छाडेको संकेतहरु देखेमा चनाखो हुने
-बाँदरहरूको आवाज सुन्ने
-वनजंगल वरपर उज्यालो बत्ती राख्‍ने
-बाघ देखिएमा नजिकैको प्रशासनलाई खबर गर्ने

बाघले मान्छेलाई आक्रमण गर्नुका यस्ता छन् कारण, यी हुन् जोगिने उपाय

इरानमा राष्ट्रपति चयनका लागि मतदान हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!