स्कुल जानै छोडिन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु, ४ चैत ।

प्रधानमन्त्री केपी ओलीबाट अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ की छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन् । कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । तर, २ वर्ष बितिसक्दा पनि प्रधानमन्त्री ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध   

नगराइदिँदा प्रधामन्त्रीकै छोरी भनेर आफन्तले नै गिज्याउन थालेका छन् । लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन् । उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक कापी, कलम, डे«स नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ ।

स्कुल जानै छोडिन् ‘प्रधानमन्त्रीकी छोरी’

प्रहरीले नै दश हजार घुस मागेपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!