युरोकपपछि युरोपमा बढ्दै कोभिड संक्रमण

एजेन्सी । ठूलो अन्योलबीच युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले गएको जुन ११ देखि जुलाई ११ सम्म भएको युरोकपमा दर्शकलाई अनुमति दिएको थियो।

दर्शकले मैदानमा खेल हेर्न अनुमति पाएसँगै कोभिड- १९ को महामारीमा संक्रमण दर बढ्ने संकेत विज्ञहरुले गरेका थिए। यद्यपि रंगशालामा ठूलो संख्यामा समर्थकको उपस्थिति रहेको थियो। इङ्ल्यान्डको लण्डनस्थित वेम्बली रंगशालामा फाइनल खेल हेर्न मात्र ६० हजारभन्दा धेरै फुटबल समर्थकको उपस्थिति थियो।

त्यति मात्र होइन, सुरुमा कुल क्षमताको २५ प्रतिशत मात्र राख्ने भनिए पनि ९० हजार क्षमताको रंगशालामा फाइनलमा दुइतिहाई भन्दा धेरै सिट भरिएको थिए।

रंगशालाबाहिर टिकटविहीन समर्थकको पनि ठूलो उपस्थिति थियो। यसबाहेक सेन्ट पिटरबर्गमा कुल क्षमताको ५० प्रतिशत, एलिनाज एरिनामा २२ प्रतिशत तोकिएको थियो।

खोप कार्यक्रम अघि बढिरहेको समयमा मानिसको उपस्थितिलाई त्यति जोखिमका रुपमा त लिइएको थिएन। तर खोप नलगाएका र नयाँ भेरियन्टको भाइरसको खतराले अहिले असर सुरु गरेको छ।

डेनिस फुटल संघले बेल्जियमसँगको खेलपछि आफ्ना तीन समर्थकलाई डेल्टा भेरियन्टको भाइरसको संक्रमण भएको बताएको थियो। डेनमार्कको पार्केन रंशगशालामा भएको उक्त खेलमा ४२ हजार समर्थकको उपस्थिति थियो।

युरोकपपछि युरोपमा बढ्दै कोभिड संक्रमण

कमलपोखरी भवनमा सर्‍याे लोकसेवा आयोग कार्यालय

युरोकपपछि युरोपमा बढ्दै कोभिड संक्रमण

जर्मनीमा बाढीका कारण ४९ जनाको मृत्यु, १३

Leave a comment

Your email address will not be published. Required fields are marked *