भत्ता लिनै सकस

जाजरकोट । भेरी नगरपालिका वडा नम्बर ६ गंगटियाका खोरे लोहार शारीरिक रुपमा असक्त छन् । उनको गाँउबाट सदरमुकाम आउन करिव पाँच घण्टा समय लाग्छ । आफै हिँड्न सक्दैनन् । यातायातका साधन चल्दैनन् । सामाजिक सुरक्षा भत्ता बुझ्न उनी अरुकै सहारामा सदरमुकाम आइपुगेका छन् । तर बैंकमा भीड हुँदा उनले भक्ता बुझ्न सहज छैन ।

उनको अवस्थाबारे कसैलाई मतलब छैन । उनी बुधवार नेपाल बंैक लिमिटेडमा तीन घण्टासम्म लाइन लागे । तर पनि उनको पालो आएन । सरकारले दिएको भत्ता लिन पनि उनले निकै सास्ती खेप्नु पर्यो । यसरी दुःख पाउनु भन्दा घरमै भत्ता बाँड्ने ब्यवस्था मिलाइदिन उनले आग्रह गरे । उनीसँगै सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आएका सोही गाँउका जीते लुहारको पीडा पनि उस्तै छ ।

बैकमा निकै भिड छ । अशक्त र जेष्ठ नागरिकका कुरा कसैले सुन्दैनन् । असार मसान्त भएकोले पनि यतिवेला बैंकमा निकै भिड छ । सामाजिक सुरक्षा भत्ता पनि आठ महिनापछि यतिवेलै निकासा भएका कारण सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।

कतिपयको हस्ताक्षर नमिल्ने, कतिपयको बैक खाता खोल्नुपर्ने तथा अध्यावधिक गर्नुपर्ने, कतिपयको अरुले निकालेर बिचमै रकम हिनामिना गरिदिने भएकोले स्वयम् ब्यक्ति आफै आएर रकम भुक्तानी दिने गरिएको हो ।

यसअघि वडा सचिवमार्फत घरघरमै भत्ता वितरण गर्ने गरिएकोमा ब्यापक हिनामिना भएपछि सम्बन्धित ब्यक्तिको खातामा जम्मा गर्ने प्रणालीको विकास गरिएको भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । वडा सचिवमार्फत विवरण गर्दा मरेका मान्छेको पनि लगत कट्टा नगर्ने, अरुले नै किर्ते हस्ताक्षर गरेर रकम खाइदिने समस्या आएपछि बैक खातामा रकम जम्मा गर्ने गरिएको हो । यसैबीच कृषि विकास बैंक जाजरकोटमा रकम सकिएको छ ।

रकम अभाव भएपछि एकलाख पचास हजारभन्दा बढीका चेक साटिन छाडेका छन् । जुनीचाँदे गाँउपालिकामा बैंक नभएका कारण सामाजिक सुरक्षा भत्ता एकमुष्ट निकालेर सम्बन्धित ब्यक्तिलाई बाँड्नका लागि रकम निकाल्न सदरमुकाम आएका गाँउपालिकाका नायव सुब्बा दीपक बोहरा समस्यामा परेका छन् । गाँउपालिकाले ४८ लाखको चेक दिएकोमा रकम नभएर पाउन नसकेको वोहराले गुनासो गरे । उता सामाजिक सुरक्षा भत्ता पाउनेहरु आर्थिक बर्ष सकिन लाग्दा पनि नपाएपछि निरास भएका छन् । लामो समयदेखि भत्ता नपाउँदा धेरैलाई जीवन निर्वाहमासमेत समस्या परिरहेको छ ।

 

भत्ता लिनै सकस

सिकाइ सामग्रीले विद्यार्थी आकर्षित

भत्ता लिनै सकस

घुँयत्राे : हैन यो काँग्रेसलाई नी किन

Leave a comment

Your email address will not be published. Required fields are marked *