सिकाइ सामग्रीले विद्यार्थी आकर्षित

मुगु । विद्यालय छोड्नेको संख्या बृद्धि हुन थालेपछी बालबालिकका लागी विद्यालयमा शिक्षण सिकाइका सामग्री उपल्बध हुन थालेका छन् । यही कारण जिल्लामा ले बालबालिकाहरु बिद्यालयमा आकर्षित हुन थालेका हुन् ।
सोरु गाँउपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा अध्ययन गर्ने बालबालिकाको पढाइका लागी बसाई ब्यवथापन र बालमैत्री शिक्षण सिकाइका समाग्री उपलब्ध हुँदा विद्यालयमा बालबालिको संख्या बढ्न थालेको हो । विद्यालयमा बसाई ब्यवस्थापन तथा बालमैत्री शिक्षण सिकाईका सामग्री, कक्षा कोठा मर्मत, शौचालय निमार्ण भएकाले बालबालिकाहरु विद्यालयमा आकर्षित हुन थालेको सोरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र मल्लले बताए ।
सिकाइ सामगग्रीकै अभावले प्रत्येक विद्यालयमा दुईदेखि तीन जनासम्म बालबालिका विद्यालय छोड्नेको गरेको जानकारी आउने गरेको थियो । कक्षा कोठाको बसाइ ब्यवस्थापन, छात्रछात्रा शौचालय, बालमैत्री मचान र शिक्षण सिकाइका सामग्रीसहित अन्य तालिमले गर्दा गएको कार्तिक महिनाबाट बालबालिकाहरु बिद्यालय छोड्ने संख्या शुन्य भएको सोरु गाँउपालिका शिक्षा शाखाका प्रमुख निर्मल देवकोटाले बताए । कोभिडका कारण अहिले विद्यालयमा पढाई भएको छैन ।
बसाई ब्यवस्थापन र शिक्षण सिकाईका सामग्रीकै कारणले बालबालिकाहरुलाई बहु कक्षा संचालन गर्नु पर्ने बाध्यता थियो । कार्तिक महिनादेखि ग्रामीण समुदाय संस्थाद्धारा अपाङ्गता अधिकार तथा शिक्षा सुदृकरण परियोजना लागु भएपछी विद्यालयमा बसाई ब्यवस्थापन, शिक्षण सामग्री उपल्बध गराएकाले यो बर्ष बिद्यालय छोड्ने बालबालिकाहरुको संख्या शुन्य रहेको कालिका माब्वि लिब्रुका प्रधानाध्यापक अंग बुढाले जानकारी दिए । यो बर्ष कक्षा १ का बालबालिकाहरुका लागी बसाई ब्यवस्थापन, शिक्षण सामग्री, बुक कर्नर, स्वास्थ्य सरसफाइ तथा सुरक्षा सामग्री कक्षा कोठामर्मत गरिएको छ ।






