विसीको ३४ औँ जन्मजयन्तीको अवसर पारी खाद्य तथा फलफुल वितरण

सुर्खेत : शहिद याम विसी स्मृति प्रतिष्ठान सुर्खेतले मानव सेवा आश्रमलाई एक दिन बराबरको खाद्य तथा फलफुल सामग्री वितरण गरेको छ । प्रतिष्ठान सुर्खेतले मानव सेवा आश्रमलाई शहिद विसीको ३४ औँ जन्मजयन्तीको अवसर पारी खाद्य तथा फलफुल सामग्री वितरण गरेको हो । प्रतिष्ठानले हरेक वर्ष शहिद विसीको जन्मजयन्तीको अवसर पारेर विभिन्न सामग्रीहरु वितरण गर्दै आएको आयोजकले जनाएको छ ।
शहिद विसीका परिवारले उनको सम्झनामा आश्रमलाई एक दिन बराबरको चामल, तेल, दुध, हरियो तरकारी तथा फलफुल आदी सामग्रीहरु वितरण गरेको शहिद याम विसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिए । यस्तै शहिद विसीको सम्झनामा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र आगमी दिनहरुमा समेत यस्ता कार्यक्रम गर्दै जाने अध्यक्ष बुढाले बताए ।







