अमेरीकी सहयोगमा सार्वजनिक सुरक्षाका ३ दिने कार्यशालारप्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्खेत : आइतबार अमेरीकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा अतुल्य फाउन्डेसनले वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरेको विपद् व्यवस्थापन तथा सार्वजनिक सुरक्षा विषयक ३ दिने कार्यशालारप्रशिक्षण कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय (म.प.वि.) का उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको छ।
सुरक्षा सेवा सम्बन्धी नियमनकारी निकाय, सुरक्षा सेवा प्रदायक निकाय, सिभिलरहाइड्रोपावररआर्किटेक्चर इन्जिनियरिङ्गका प्राध्यापकरविद्यार्थी तथा सुरक्षा सेवा उपभोक्ता निकायहरुसंग आम सर्वसाधारण र अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विपद्का बेला चाहिने सार्वजनिक सुरक्षाको ब्यवस्थापन बारे छलफल र ज्ञान आदानप्रदान गरिने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
कार्यक्रममा म.प.वि. विज्ञान तथा प्रविधिरइन्जिनियरिङ्ग संकायका डीन सह(प्रा डा। सुदिप ठकुरी, फाउन्डेसनका अध्यक्ष पल्लव पन्त, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष बिष्णु शर्मा, उपकुलपति सचिवालयका सदस्य, आयोजक संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यशालाको सहजीकरण संयुक्त राष्ट्र अमेरिका, स्यान डियागो, क्यालिफोर्नियाका प्रोफेसनल ईन्जिनियर अनन्तराम वैद्य द्वारा भईरहेको छ। फाउन्डेसनका सिईओ डा. राजु थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने साहरा न्यौपानेले कार्यशालाको उद्घाटन समारोह संचालन गर्नु भएको थियो।
कार्यशालाको मुख्य सरोकारवाला निकायको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालयद्वारा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विपद्का बेला चाहिने सार्वजनिक सुरक्षाको ब्यवस्थापन बारे महत्वपुर्ण ज्ञान कार्यक्रममा सहभागी प्राध्यापक, विद्यार्थी तथा अन्य लक्षित समूहले आर्जन गरी यस क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।






