चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

एजेन्सी ।  कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

ब्राजिलको ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो ।

खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।​ चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र भन्दा केहि बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो। जसमा मेस्सीले टप कर्नरमा उत्कृष्ट गोल गरे। अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो।

तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन्।

त्यसअघि अर्जेन्टिनाका निकोलसले भिडाललाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताबाट चिलीलाई पेनाल्टीको अवसर दिईएको थियो। तर, भिडालले पेनाल्टीमा गोल गर्न सकेनन्।

यस बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन्। अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ।

चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

नेपाली क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई एक

चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

युरोकप : स्पेन र स्विडेन बराबरीमा रोकिए

Leave a comment

Your email address will not be published. Required fields are marked *