नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद प्रकाश ज्वाला सहभागी थिए । संसद बैठकमा ज्वाला पनि उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको एक सांसदले बताए । उनकाअनुसार संसदमा प्रदेश सभाले तयार पारेको विपक्ष कक्षमै ज्वाला बस्नेछन् ।

प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । एमालले भने सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । सरकार निर्माणका बारेमा छलफल भए वा नभएबारे प्रमुख सचेतक शाहले केही खुलाउन चाहेनन् ।

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

कर्णालीमा सदन सञ्चालनमा सहयोग गर्ने एमालेको घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *