पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत ः पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।
सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन रोकिँदा यात्रुहरूको विचल्ली भएको छ।

पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध

असोज ४ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध

दैलेखमा शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना

Leave a comment

Your email address will not be published. Required fields are marked *