असोज ४ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ः प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक ४ असोजसम्मका लागि स्थगित भएको हो।

आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाएका हुन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले मात्रै लिए।

संशोधनसहितको बजेट पास हुनै बाँकी छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्।
एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।

एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको छ।
यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ।
प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार विहान ११ बजे बस्ने छ।

 

असोज ४ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

सिम बेचेको आरोपमा तालिबानले लियो व्यापारीको ज्यान

पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *