सिम बेचेको आरोपमा तालिबानले लियो व्यापारीको ज्यान

काठमाडौं : अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानको प्रतिरोध बलसँग युद्ध जारी छ। तर तालिबानले पञ्जशीर जितेको दाबी गरेको छ। अर्कोतर्फ, प्रतिरोध बल भन्छ, ‘ पञ्जशीर को ६० प्रतिशत भन्दा बढी भूभाग कब्जा गर्न बाँकी छ।’

बीबीसीको एक रिपोर्टमा भनिएको छ कि तालिबानले पञ्जशीरमा अहिले नागरिकको रगत बगाइरहेको छ। अहिलेसम्म २० जनाको ज्यान गुमाइसकेका छन्।

बीबीसीको रिपोर्ट अनुसार तालिबानले निशाना बनाएका २० जना मध्ये एकजना पसले पनि थिए। स्थानीयहरू भन्छन्, ‘ ती व्यक्ति तालिबान आएपछि पनि भाग्न सकेनन्. उनी एक गरीब पसले थिए र युद्ध सँग कुनै सम्बन्ध थिएन।’ उनलाई विदेशीलाई सिम बेचेको आरोपमा गिरफ्तार गरी हत्या गरिएको हो।

तालिबानले आफ्नो आचरण फेरिएको दाबी गरिरहेको छ। तर वास्तविकता भने उसको महिलाको हकमा २० वर्ष पहिले जस्तै क्रूर छ। अफगानिस्तानमा तालिबानको कब्जा पछि यसको प्रमाण आइरहेको छ।

राजधानी काबुलमा तालिबानले एक महिलालाई कुटपिट गरेको अर्को तस्वीर सार्वजनिक भएको छ। ती महिला काबुलमा तालिबान विरुद्धको प्रदर्शनमा संलग्न थिइन्। तालिबानले ति महिलालाई घेरेर लाठी र कोर्राको लगाएका थिए।

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक 

सिम बेचेको आरोपमा तालिबानले लियो व्यापारीको ज्यान

असोज ४ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *