माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक 

काठमाडौं : नेकपा माओवादी केन्द्र ले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

गजुरेलका अनुसार बैठकमा पार्टीको निर्वाचन निर्देशिका, पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताए। बैठकमा मन्त्रिपरिषद् विस्तार र सदनमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले गर्दै आएको अवरोध तथा सभामुखमाथिको चुनौतीका विषयमा छलफल हुने बताइएको छ।

पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना बित्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। यस्तै, अमेरिकी परियोजना एमसिसीको विषयले गठबन्धनमा समस्या पर्ने देखिएको छ।

बैंकिङ कसुर मुद्दामा फरार एक अभियुक्त पक्राउ

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक 

सिम बेचेको आरोपमा तालिबानले लियो व्यापारीको ज्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *