बैंकिङ कसुर मुद्दामा फरार एक अभियुक्त पक्राउ
काठमाडौं : बैंकिङ कसुरको मुद्दामा ३० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्दै आएका ३९ वर्षीय दीपक कार्की छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार काँडाघारीबाट पक्राउ परेको हो।

नारायणकाजी कार्कीले दिएको बैंकिङ कसुरको जाहेरीमा उनी दोषी ठहर भएका थिए। २०७६ फागुन १८ गते उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ३० लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो।





