२०८३ जेष्ठ ३० गते
×

Now Playing

अहेबको भरमा : डाक्टर नहुँदा सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र 

सल्यान : सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर नहुँदा स्थानीयवासी सेवाबाट बञ्चित भएका छन्।​ छत्रेश्वरी गाउँपालिका–५ मा र बागचौर नगरपालिका–२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र दरबन्दीअनुसार डाक्टर छैन।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहीन भएका हुन्। डाक्टर नहुँदा दुवै केन्द्र अहेबको भरमा चल्दै आएको छ।

छत्रेश्वरीका दामाचौर, झिम्पे र शारदा नगरपालिका–१३ का स्थानीयलाई मध्यनजर गरी लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो। तर‚ केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा सेवाग्राही सदरमुकाममा रहेको जिल्ला अस्पताल र बाहिरी जिल्ला जान बाध्य भएको स्थानीय शेरबहादुर बस्नेतले बताए।

केन्द्रमा एक एमबिबिएस डाक्टरसहित नौ जनाको दरबन्दी रहे पनि हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सकै दरबन्दी पूरा हुन नसकेको केन्द्रका निमित्त प्रमुख वीरबहादुर ओलीले बताए। जनशक्ति नहुँदा केन्द्रमा जडान भएको एक्सेर मेसिन तीन वर्षदेखि नै थन्किएको उनको भनाइ छ।

यस्तै‚ थारमारे प्राथमिक केन्द्रमा पनि सात महिनादेखि डाक्टरविहीन भएको केन्द्रका निमित्त प्रमुख भूपेन्द्र वलीले बताए। डाक्टन नहुँदा केन्द्रमा आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको उनले बताए। केन्द्रमा एमबिबिएस डाक्टरको दरबन्दी भए पनि अध्ययन बिदा भन्दै चिकित्सकहरु जाने गरेका छन्।

नेपालले आज ओमानसँग भिड्दै

बैंकिङ कसुर मुद्दामा फरार एक अभियुक्त पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *