गायक दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

गायक दीप श्रेष्ठलाई संगीतकार संघले नगद २ लाख सहयोग गर्ने भएको छ । कोरोना संक्रमित भएपछि लामो समय अस्पताल बसेर केही दिन अगाडि फर्किएका श्रेष्ठलाई संघले उक्त सहयोगका लागि निर्णय समेत गराएको छ ।

जसको जानकारी संघका अध्यक्ष पारस मुकारुङले सामाजिक संजाल मार्फत बाहिर ल्याएका छन् । श्रेष्ठलाई संघले उक्त रकम संगीतकर्मी कल्याणकारी कोषबाट दिएको हो ।

दीप श्रेष्ठको नाममा काटिएको चेकको फोटो समेत फेसबुकमा राख्दै अध्यक्ष मुकारुङले लेखेका छन् ‘नेपाली संगीतका एक हस्ती बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ ज्यु कोभिड १९ लाई जितेर हस्पिटलदेखि डिस्चार्ज हुनु भएको छ ।

उहाँको शिघ्र स्वस्थ लाभको कामना गर्दै संगीतकर्मी कल्याणकारी कोषबाट संगीतकार संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।’ मुकारुङले श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्दै संगीतकार संघलाई सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।

गायक श्रेष्ठ पछिल्लो समय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा कोचको रुपमा देखिँदै आएका छन् ।

गायक दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

नाजिरलाई चिन्ता, ‘सबै फिल्म एकसाथ सुरु भए

गायक दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

सुशान्तको निधनको एक वर्ष : फ्यानले भने,

Leave a comment

Your email address will not be published. Required fields are marked *