नौमुलेका ८ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

सुर्खेत : दैलेखको नौमुले गाउँपालिका अन्तर्गतका ८ वटै वडामा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सम्पन्न भएको छ ।
माओवादी केन्द्रका युवा नेता प्रकाश अधिकरीका अनुसार नौमुले वडा नम्बर १ को अध्यक्षमा सर्बजित थापामगर, २ मा तिलक सिह, ३ मा चन्दलाल मगर, ४ मा टेकबहादुर घर्ती मगर, ५ मा मनबहादुर विक चयन भएका छन् ।
त्यस्तै वडा नम्बर ६ को अध्यक्षमा रत्नबहादुर बुढा, ७ मा टेकबहादुर बोहरा र ८ को अध्यक्षमा भवानीप्रसाद अधिकारी निर्वाचित भएका छन् ।






