सुर्खेतका ९९ वडमा कांग्रेस अधिवेशन जारी

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन सुर्खेतका नौ स्थानीयतहका ९९ वटा वडाहरुमा जारि रहेको छ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन शनिबार बिहान आठ बजे देखि सुरू भएको हो ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीका अनुसार जिल्लका ९९ वटै वडामा आज बिहान ८ बजेदेखि अधिवेशन सुरु भएको बताए ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।






